काठमाण्डौको तापक्रम २ दशमलव ३ डिग्रीमा झर्यो, तराईमा हुस्सु
काठमाण्डौ – पुस लागेसँगै देशभर चिसो ह्वात्तै बढेको छ । उच्च हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको छ ।
जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको हो । हिजो जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।
अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नम्बर १ तथा ग...


