Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभएको छ ।

काठमाण्डौको बबरमहलमा रहेको एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले जालझेल गरी प्रतिनिधि सभा भङ्ग गरेको भन्दै शान्तिपूर्ण सशक्त आन्दोलनमार्फत यो कदमलाई परास्त गरेरै छोड्ने दाबी गर्नुभयो ।

उहाँले प्रतिनिधि सभा विघटन हुनु इतिहासकै कालो दिन भएको भन्दै निरङ्कुश कदमविरुद्ध डटेर लड्ने बताउनुभयो । यस्तै उहाँले लामो सङ्घर्ष र हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र गणतन्त्रको रक्षा गर्ने दायित्व आएको बताउनुभयो ।

प्रतिनिधि सभा भङ्ग भएको विषय सर्वोच्च अदालतसम्म पुगेको र आफूलाई न्यायालयप्रति भरोसा भएको पनि बताउनुभयो । उहाँले अदालतले सरकारको विपक्षमा नै फैसला सुनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया