×

समाचार

प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव

प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनमा अहिलेसम्म तटस्थ रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार प्रचण्ड(नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुसँग छलफल गरेका छन्।स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेका थिए। राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्।राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड-नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज ...

अपराध नियन्त्रणका लागि महिला प्रहरीको टोली घरघरमा

अपराध नियन्त्रणका लागि महिला प्रहरीको टोली घरघरमा
चितवन । अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान शुरू गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महिला सेल ले घरदैलो डोर टु डोर सचेतना अभियान सञ्चालन गरेको हो । महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान गरिएको हो । ‘स्पेशल टास्क डोर टु डोर अवार्नेस’ कार्यक्रम प्रभावकारी बनेकोे सेलका प्रमुख प्रहरी निरीक्षक प्रवीना गिरीले बताइन् । अभियानले गर्द...

पाैष २७ गते ऋषिङ्गमा म्याराथन प्रतियाेगिता हुने

पाैष २७ गते ऋषिङ्गमा म्याराथन प्रतियाेगिता हुने
तनहुँ ।  ऋषिङ्ग गाउँपालिकाकाे आयोजनामा यही पौष २७ गते प्रथम ऋषिङ्ग म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।प्राकृतिक ,ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको ऋषिङ्ग गाउँपालिकाले पहिलो पटक खेल मार्फत आफ्ना पर्यटकिय स्थलको प्रर्वद्घन गर्न म्याराथन प्रतियोगिता गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएकाे छ । स्वास्थ्य र पर्यटनका लागि खेलकुद भन्ने मुलनाराका साथ यहि पुष २७ गते आयोजना गर्न लागिएको म्यारोथन दौ...

तमु ल्होसारको बिदा कटौती गर्ने कावासोती नगर शिक्षाको निर्णयप्रति जनजाति महासंघको आपत्ति

तमु ल्होसारको बिदा कटौती गर्ने कावासोती नगर शिक्षाको निर्णयप्रति जनजाति महासंघको आपत्ति
कावासोती । कावासोती नगरपालिकाले तमु ल्होसार पर्वको बिदा कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तमु ल्होसार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई प्रभावित पार्नेगरी त्यसको पूर्व सन्ध्यामा नगरपालिकाको शिक्षा शाखाले विद्यालय सन्चालन गर्न सूचना जारी गरेपछि महासंघले प्रेस बिज्ञप्ति मार्फत नगर शिक्षाको उक्त कदमको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ । पौष १५ गते गुरुङ समुदायको महा...

काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झर्‍यो

काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झर्‍यो
काठमाण्डौ – काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ, यो न्यूनतम तापक्रमा यस वर्ष लागेपछि अहिलेसम्मकै सबैभन्दा कम हो । मौसमविद् सजिना शाक्यका अनुसार रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । यसअघि यस वर्ष काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । गएको शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।सोमबार र अस्ति आइतबार मौसम बदली भएकाले तापक्रम बढ्दा काठ...

ताप्लेजुङ आगलागी  पाथीभरा मन्दिर सुरक्षित, डढेलो भने फैलिँदै

ताप्लेजुङ आगलागी  पाथीभरा मन्दिर सुरक्षित, डढेलो भने फैलिँदै
काठमाण्डौ – हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङको पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ । मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलो मन्दिर परिसरमै पुगेपछि हिजो सोमबार हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेको र तत...

सरकार र उखु किसानबीच ४ बुँदे सहमति:  २१ दिनभित्र पैसा पाउने, आन्दोलन स्थगित

सरकार र उखु किसानबीच ४ बुँदे सहमति:  २१ दिनभित्र पैसा पाउने, आन्दोलन स्थगित
काठमाण्डौ – सरकार र आन्दोलनरत किसानबीच चार बुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको सहमतिअनुसार किसानले चिनी उद्योगीबाट २१ दिनभित्र ६५ करोड रुपैयाँ भुक्तानी पाउने छन् । २१ दिनभित्र भुक्तानी नभएमा मन्त्रालयले सबै उद्योगको सम्पत्ति रोक्का राख्ने र किसानको पैसा उपलब्ध गराउन पहल गर्ने सहमति भएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले  जानकारी दिनुभयो । यस्तै उखु किसानले पाउनुपर्ने अनुदानको दुरुपयोग, किसानको अनुदान चिनी मिलमा गएको, सरकारले तोेकेभन्दा ...

चितवन निकुञ्जको खुल्ला खोरमा बाघ पस्यो, दुई अर्ना मृत फेला

चितवन  निकुञ्जको खुल्ला खोरमा बाघ पस्यो, दुई अर्ना मृत फेला
चितपन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेरको छ । उक्त बाघको आक्रमणमा परी दुई वटा माउ अर्ना मरेका हुन् । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । ती दुई बयस्क पोथी रहेको उहाँले बताउनुभयो । विद्युतीय तारवार (ईलेक्ट्रीक फेन्स) ले खुल्ला खोर बारिएको छ । उक्त बारमा रुखको हाँगा झरेर केही दबेको ठाउँबाट उफ्रेर बाघ भित्र प्रवेश गरेको अधिकारीले जानकारी दिनुभ...

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान
प्रतिकात्मक तस्वीर काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले बतायो । प्रहरी स्रोतका अनुसार विप्लव समूह...