पाैष २७ गते ऋषिङ्गमा म्याराथन प्रतियाेगिता हुने
तनहुँ । ऋषिङ्ग गाउँपालिकाकाे आयोजनामा यही पौष २७ गते प्रथम ऋषिङ्ग म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।प्राकृतिक ,ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको ऋषिङ्ग गाउँपालिकाले पहिलो पटक खेल मार्फत आफ्ना पर्यटकिय स्थलको प्रर्वद्घन गर्न म्याराथन प्रतियोगिता गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएकाे छ । स्वास्थ्य र पर्यटनका लागि खेलकुद भन्ने मुलनाराका साथ यहि पुष २७ गते आयोजना गर्न लागिएको म्यारोथन दौ...


