निर्वाचन आयोगले थाल्यो मतदान स्थल निर्माण
काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ ।
सरकारले संसद भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा भोलिबाट सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ गर्ने तयारी छ ।
निर्वाचन आयोगले भने आफ्नो तयारी गरिरहेको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आय...


