बाघले झम्टिएर लतार्दै लैजाँदा ममीले ‘बाबु’ भनेर गरेको पुकारले म अझैं झस्किरहन्छु
दाङ । कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज आएकी थिइन्। तर घर फर्किनै नपाइ उनीमाथि बाघले झम्टियो।
केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्। उनलाई सुगर चिनी रोग थियो।
नेपालगञ्ज आएर छातिको सिटी स्क्यान गरे। डाक्टरलाई देखाए। उपचार सकिँदा दिन ढल्किसकेको थियो। नेपालगञ्जबाट हिँड्दा बेलुकाको ६ बजिसकेको थियो ।
पुसको जाडो मोट...


