वीरगंज । पर्साको स्थानिय तहहरुको सेवा ईकाईमा कार्यरत एम.आई.एस अपरेटर तथा फिल्ड सहायकहरुको भेला आज वीरगंजमा सम्पन्न भएको छ ।
वीरगंज श्रीपुरस्थित सम्झना होटलमा भएको भेलाले मनोज राउत थारुको अध्यक्षतामा १७ सदस्यिय एमआईएस अपरेटर तथा फिल्ड सहायक समिति गठन गरेको छ । जुन समितिको उपाध्यक्ष अमिरिता साह, सचिव श्याम प्रसाद कुशवाहा, कोषाध्यक्ष जितेन्द्र यादव चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बिनोद साह, रंजन कुमार गुप्ता, अजय कुमार, अनु कुमारी, सविता तिमिल्सिना, चन्दशेखर यादव, सावन कुमार गुप्ता, ओमप्रकाश महतो, भिस्म राज खतरी, लक्ष्मण साह, आशिष कुमार कुशवाहा, प्रविन्द्र साह, इब्राहिम अंसारी रहेका छन् ।
नव गठित समितिको आजै बसेको बैठकले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
कालिकामाई गाउँपालिकाको सेवा ईकाइमा कार्यरत एमआईएस अपरेटर र फिल्ड सहायकको म्याद सकेको एक महिना वितिसक्दा पनि हाल सम्म थप नभएकोले ज्ञापन पत्र बुझाउने निर्णय भएको नव गठित समितिका अध्यक्ष थारुले जानकारी दिए ।
गृह मन्त्रालय मातहका राष्ट्रयि परिचयपत्र तथा पंजीकरण विभागले म्याद थप्न स्विकृत सहितको निर्देशन दिए पनि गाउँपालिकाले म्याद थप्न नमानेकोले दबावको लागि ज्ञापन पत्र बुझाउन निर्णय भएको उनले जानकारी गराए ।उनले भने “आज कालिकामाई गाउँपालिकामा यस्तो समस्या आएको छ, भोली अरु पालिकामा पनि आउन सकने भएकोले हामी एउटा समिति नै गठन गरी त्यस्तो कार्यको बिरोध र संघर्ष गर्ने निर्णय गरेका छौं ।”
विभागले मिति पुस १२ गते च।न। १३२१ भएको पत्र मार्फत गाउँपालिकाको पंजीकरण शाखामा कार्यरत रहेको एम।आई।एस अपरेटर र फिल्ड सहायकको म्याद थप गर्ने स्विकृत सहितको निर्देशन दिएको थियो । तर पुस १४ गते विभागको निर्देशन विपरित ति दुई कर्मचारीको म्याद थप नगर्न कार्यपालिकाबाट निर्णय भएको गाउँपालिका अध्यक्षले आफै एक पत्र लेखि जानकारी गराएका छन् ।
राष्ट्र व्यापी खुल्ला प्रतियोगिताबाट सेवा कारारमा न्युक्त भएका एमआईएस अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहको काम र प्रगति विवरण संतोषजनक नरहेको निर्णय भएकोले म्याद करार नविकरण गर्न नसकिने लेखिए पनि गाउँपालिका कै प्रशासन शाखाले मंसिर ८ गते कार्य सम्पादन संतोषजनक रहेको टिप्पणी आदेश दिएको छ ।
कालिकामाई गाउँपालिकाको गलत रवैयाले राष्ट्र व्यापी अभियान मै असर पर्ने भएकोले हामी पर्साका एम।आई।एस। अपरेटर र फिल्ड सहयाकहरु एकताबद्ध भएको नव गठित समितिका कोषाध्यक्ष यादवले वताए ।