तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको हत्या
छोरीको हत्यामा संलग्न आमा लालमती
वीरगञ्ज । लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा आगलागी भयो । राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रारम्भिक खबर अयो । प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले सोहीअनुसार सम्प्रेषण गरे ।
तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा-बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको खुलेको छ ।
सुरुमा प्रहरी...


