रेडियो देवघाटको १० औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम
देवघाट । सामुदायिक रेडियो देवघाटको १० औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ । सामुदायिक रेडियो देवघाटको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाट तनहुँको सह–आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।
रेडियो देवघाटका स्टेशन मेनेजर सुवास लामिछानेका अनुसार महिला, पुरुष, प्रौढ लगायतका उमेर समूहका नागरिकले रगतदान गरेका थिए। विभिन्न अस्पतालहरुमा ’फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको लामिछ...


