Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन ।समाजसेवी श्री दवाडीले आमाको १५ औ दिनको स्मृति दिवसको अवसर पारेर विभिन्न आश्रमहरुमा सहयोग गर्नुभएको छ ।
स्वर्गीय आमा पार्वती ढवाडीको १५ औ दिनको स्मृति दिवसको अवसर पारेर दवाडीले देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाआश्रम, गलेश्वर आश्रम देवघाट र मानव सेवा आश्रम भरतपुरलाई सहयोग गर्नुभएको हो । सो अवसरमा दवाडीले चामल, चिनी मिस्री, फलफुल लगाएतका सामाग्रीहरु सहयोग गर्नुभएको थियो ।
२०७५ असार ११ गतेदेखि डिम्बासयको क्यान्सरसंगै लड्दै आउनु भएकी स्वर्गीय पार्वती दवाडीको जन्म वि.स.२०११ साल मंसिर ४ गते लम्जुङ्गको अलैचेमा भएको थियो भने गत पौष ११ गते निधन भएको थियो । स्वर्गीय पार्वतीको दुई छोरा र दुई छोरी रहनु भएको छ ।

तपाईको प्रतिक्रिया