किन महत्वपूर्ण छन् माघे संक्रान्तिमा खाइने आहारहरु ?
नेपाली समुदायले माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउँछन् ।माटो मुनी फलेको बालीको रुपमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु, खिचडी पनि खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा खाइने यी आहारहरुले शरीरलाई आवश्यक शक्ति दिई रोगसँग लड्ने क्षमता समेत बढाउँदछ।
आयुर्वेद चरक संहिता, शिशिर ऋतुचर्या अनुसार यस समयमा शीत वायुको सम्पर्क शरीरसँग हुने हुनाले अग्नि भित्रै रोकिएर तीक्ष्ण हुन जान्छ । त्यसैले यस समयमा गुरु द्रव्य पाचन गर...


