बन्दीपुर। बन्दीपुर गाउँपालिकाको आठौं गाउँ सभाले चार विभिन्न विधेयक पारित गरेको छ ।बुधबार गाउँपालिका भवनमा अध्यक्ष पूर्णसिं थापाको अध्यक्षतामा सम्पन्न सभाले संसोधित विनियोजन विधेयक, कृषि व्यवसाय प्रवर्धन विधेयक, बालबालिकाको अधिकार तथा सुशासन सम्बन्धी विधेयक पारित गरेको छ ।
१० योजना संसोधन
यसैगरी, वडामा कार्यान्वयन गर्न नसकिएका र साना प्रकृतिका १० योजना मर्ज तथा संसोधन गरिएको छ ।वर्षे अधिवेशनले पारित गरे पनि कार्यान्वयनमा जान नसकेका योजनाहरु संसोधन गर्ने निर्णय सभाले गरे पनि मूलतः कानून निर्माणमा केन्द्रीत भएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।सभाको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका थिए ।