×

समाचार

तारा एअरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि

तारा एअरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि
काठमाण्डौ – पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ ।मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको छ । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार ...

मूल्यवृद्धिको विरोधमा एमाले निकट संगठनहरुको भरतपुरमा प्रदर्शन

मूल्यवृद्धिको विरोधमा एमाले निकट संगठनहरुको भरतपुरमा प्रदर्शन
चितवन । मूल्यवृद्धिको विरोधमा चितवनमा विराेध प्रदर्शन भएको छ ।नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ चितवनले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकमा प्रदर्शन गरेको हो । उनीहरुले विहान ८ः३० बजेदेखि चक्काजाम गर्दै आधा घण्टा प्रदर्शन गरेका हुन् । ‘तत्काल मूल्य वृद्धि फिर्ता गर, जनतालाई राहत दे’लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए । अनेरास्ववियू चितवनका अध्यक्ष प्रकाश आचार्यले गठबन्धन सरकारले लगातार मूल्यवृद्धि गर्दै जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल ...

भरतपुरमा घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

भरतपुरमा घाँस काट्न गएकी महिलालाई बाघले लग्यो
चितवन। चितवनमा घाँस काट्न गएकी एक महिलालाई बाघले लगेको छ । भरतपुर महानगरपालिका वडा नं. १३ बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी ५२ वर्षीया फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । आज दिउसो २ वजे घाँस काट्न उनलाई बाघले आक्रमण गरेको बुझिएको छ । उनको खोजीका लागि जंगलभित्र हात्ती लगेर जाने तयारी भैरहेको छ ।

गैडाकाेटमा एक पुरुषद्धारा रुखमा झुन्डिएर आत्महत्या

गैडाकाेटमा एक पुरुषद्धारा रुखमा झुन्डिएर आत्महत्या
गैँडाकोट।  गैँडाकोट नगरपालिकाको वडा नं। ५ का बेद प्रसाद गौतमले झुण्डिएर आत्महत्या गरेका छन्। आफ्नै घरपछाडी रहेको अम्बाको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो। अन्दाजी बर्ष ६६ का गौतमले राति आत्महत्या गरेको खुलेको छ।

धादिङमा बस र कार ठोक्किंदा ५ जनाको मृत्यु

धादिङमा बस र कार ठोक्किंदा ५ जनाको मृत्यु
धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ मा बस र कार ठोक्किंदा कारमा सवार ४ भारतीय र १ नेपाली नागरिकको मृत्यु भएको छ ।काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले विपरीत दिशामा रहेको प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कार चालक तनहुँका दिलबहादुर बस्नेतसहित भारत उत्तरप्रदेशका विमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल र राकेश अग्रवालको रहेका जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । विमलचन्द्र...

गैँडाकाेटमा काँग्रेस कार्यकर्ताले भने :गठबन्धन मूर्दावाद ! (भिडियो सहित )

गैँडाकाेटमा काँग्रेस कार्यकर्ताले भने :गठबन्धन मूर्दावाद ! (भिडियो सहित )
गैँडाकोट । गठबन्धनको विरोध गर्दै नवलपुरको गैँडाकोटमा ५५ जना काँग्रेस कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् । नेपाली काँग्रस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोधगर्दै नगर सभापति समक्ष राजिनामा दिएको हो । नेपाली काँग्रेसको नगर पार्टि कार्यालयमा दवावमुलक तथा सामुुहिक राजिनामा कार्यक्रममा सहभागि वडा सभापति रामप्रसाद सापकोटा सहित काँग्रेस कार्यकर्ताले काँग्रेस मास्न पाईदैन गठबन्धन चाहिदैन, नेपाली काँग्रेस जिन्दावाद, गठबन्धन मूर्दावाद जस्ता चर्का नारावाजी गरेका थिए ...

गैँडाकोट ५ का श्याम भुसालद्धारा उपमेयर पदमा उमेदवारी घोषणा

गैँडाकोट ५ का श्याम भुसालद्धारा उपमेयर पदमा उमेदवारी घोषणा
गैँडाकोट । गैडाकोट नगरपालिका वडा नं. ५ निवासी श्याम भुसालले उपमेयर पदमा उमेदवारी दिने घोषणा गर्नुभएको छ । आज विहान उज्यालो खबरसँग कुरागर्दै भूसालले स्वतन्त्र रुपमा उपमेयर पदमा उमेदवारी दर्ता गराउने बताउनुभयो । गैँडाकोट नगरपालिकाको समग्र विकासका लागि आफुसँग बृहत योजना रहेको भन्दै उहाँले स्वतन्त्र रुपमै भएपनि उपमेयर पदमा उमेदवारी दर्ता गराउने जानकारी दिनुभयो । राजनैतिक दलहरुबाट जनताले अपेक्षा गरे अनुसारको काम पुरा नभएको भन्दै उहाँले नगरवासीले आफुलाई मतदिने दावी गर्नुभयो । ...

नयाँ वर्षको अवसरमा गैँडाकोटमा ब्याडमिन्टन प्रतियोगिता हुने

नयाँ वर्षको अवसरमा गैँडाकोटमा ब्याडमिन्टन प्रतियोगिता हुने
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते जिल्ला स्तरीय (नवलपुर र चितवन) ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मौलाकालिका ब्याडमिन्टन संघ र गैँडाकोट राइजिङ स्टार स्पोर्टस क्लवको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको प्राप्तिका कर्भड हलमा बैशाख १ गते विहान ८ वजे प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम रहेको प्रचारप्रशार समितिका संयोजक विष्णु लम्सालले जानकारी दिनुभयो ।प्रतियोगितामा तीन विद्...

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि सुुरु

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि  सुुरु
काठमाडौं ।  नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम छ । महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ । महासंघ एमालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ ।