गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते जिल्ला स्तरीय (नवलपुर र चितवन) ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मौलाकालिका ब्याडमिन्टन संघ र गैँडाकोट राइजिङ स्टार स्पोर्टस क्लवको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको प्राप्तिका कर्भड हलमा बैशाख १ गते विहान ८ वजे प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम रहेको प्रचारप्रशार समितिका संयोजक विष्णु लम्सालले जानकारी दिनुभयो ।प्रतियोगितामा तीन विद्यामा खेलहरू खेलाइने उहाँले बताउनुभयो ।मेन्स डबल बी, मेन्स डबल्स सी र भेट्रान्स गरि तीन विधामा खेलहरू खेलाइने छ ।

प्रतियोगिताको मेन्स डबल बी तर्फ प्रथम द्धितीय तृतीय हुनेहरुलाई क्रमश : ३० हजार रुपैँया, २० हजार रुपैँया र १० हजार रुपैँया मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।यसै गरी मेन्स डबल सी तर्फ प्रथम द्धितीय तृतीय हुनेहरुलाई क्रमश : २५ हजार रुपैँया, १५ हजार रुपैँया र १० हजार रुपैँया मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसै गरी ४५ वर्षमाथि भेन्ट्रान्स समूहको प्रथमलाई २० हजार रुपैयाँ, द्वितीय १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।प्रतियोगितामा चितवन र नवलपुरका करिव २०० खेलाडीहरु सहभागी हुँदैछन । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख रुपैँया खर्च लाग्ने अनुमान आयोजकको छ ।

तपाईको प्रतिक्रिया