चितवन। चितवनमा घाँस काट्न गएकी एक महिलालाई बाघले लगेको छ । भरतपुर महानगरपालिका वडा नं. १३ बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी ५२ वर्षीया फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आज दिउसो २ वजे घाँस काट्न उनलाई बाघले आक्रमण गरेको बुझिएको छ । उनको खोजीका लागि जंगलभित्र हात्ती लगेर जाने तयारी भैरहेको छ ।

तपाईको प्रतिक्रिया