सहमतिमा भएको यौन सम्पर्कलाई जबरजस्ती करणी भनी मुद्दा हाल्ने किशोरीलाई तीन वर्ष कैद
धनगढी । जिल्ला अदालत अछामले आफूमाथि जबरजस्ती करणी भएको भनी मुद्दा हाल्ने एक किशोरीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ।न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई जेल सजाय तोकेको हो।
गएको माघ १५ गते घरमा हात माग्न आएको २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते ती किशोरीले प्रहरीसमक्ष जोहरी दिएकी थिइन्।फोनमा केही दिन कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भए...


