चितवन । आगामी फागुन २८ देखि हुने वाग्मती प्रदेश खेलकुद प्रतियोगितामा जिल्ला स्तरीय खेलाडी पठाउनका लागि चितवनमा जिल्लास्तरीय छनौट प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहलाई पत्रचार गर्दै जिल्ला स्तरीय खेलाडी छनौटमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेको छ ।

वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा फागुन २८ देखि चैत ५ गतेसम्म हुने विभिन्न प्रतियोगितामा जिल्लाका खेलाडी सहभागी गराउनका लागि जिल्ला स्तरीय छनौट गर्न लागिएको चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले बताउनुभयो । ढकालकाअनुसार फागुन १४ देखि फागुन १९ गतेसम्म विभिन्न विधाका खेलकुदको जिल्ला स्तरीय छनौट हुने भएको छ ।

फागुन १४ र १५ गते एथलेटिक्स र ब्याडमिन्टन, फागुन फागुन १५ गते कराँते, फागुन १७ गते बक्सिङ, फागुन १७ र १८ गते फुटबल तथा भलिबल, फागुन १८ र १९ गते तेक्वान्दो तथा फागुन १९ गते क्रिकेटको जिल्लास्तरीय छनौट प्रतियोगिता हुने ढकालले जानकारी दिनुभयो ।

प्रत्येक खेलका लागि जिल्ला संयोजक तोकिएको भन्दै ढकालले फुटबलको श्रीकृष्ण कार्की, एथलेटिक्सको कान्ती महतो, बक्सिङको कृष्णबहादुर कुमाल, लेक्वान्दोको पुष्पराज जोशी, रोशन खान र मिरा थापा, कराँतेको टार्जन श्रेष्ठ र जंगबहादुर थिङ, भलिबलको उमा गुरुङ र रमेशचन्द्र सिंह विक, ब्याडमिन्टनको सुदन दरै र राजेश श्रेष्ठ तथा क्रिकेटको रामजी ढकाल र अर्जुन केसीलाई संयोजक तोकिएको बताउनुभयो । जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले मात्रै प्रदेश खेलकुद प्रतियोगितामा भाग लिन पाउने ढकालको भनाइ छ ।

तपाईको प्रतिक्रिया