×

समाचार

एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्...

पोखराको शिला फेन्सी स्टोर्सका सञ्चालक पक्राउ, नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप

पोखराको  शिला फेन्सी स्टोर्सका सञ्चालक पक्राउ, नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप
पोखरा। पोखराको चिप्लेढुंगास्थित शिला फेन्सी स्टोर्सका सञ्चालक छविलाल गौतम १५ वर्षीया नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। आफ्नै फेन्सी स्टोर्समा जागिर लगाइदिने भन्दै नाबालिगलाई बुधबार बिहान बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पीडित परिवारले दिएको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लग...

आईतबार दिदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

आईतबार दिदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय
काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।  

चट्याङ लागेर नवलपुरमा एकजनाको मृत्यु

चट्याङ लागेर नवलपुरमा एकजनाको मृत्यु
गैँडाकोट । नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ भडारा ६० वर्षका डिल्लीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । नजिकैको बारीमा काम गर्न गएका थारु चट्याङ लागि घाईते भएका थिए । उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको हो ।

जलवायु परिवर्तनले नेपालजस्ता मुलुक बढी प्रभावित छन् : प्रधानमन्त्री देउवा

जलवायु परिवर्तनले नेपालजस्ता मुलुक बढी प्रभावित छन् : प्रधानमन्त्री देउवा
काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं ...

सेक्सका लागि बिहानको समय उत्तम, यस्ता छन् फाइदै फाइदा

सेक्सका लागि बिहानको समय उत्तम, यस्ता छन् फाइदै फाइदा
यौन सम्बन्ध बनाउने कुनै निश्चित समय त हुँदैन तर, पनि एक अध्ययनले बिहानको समयमा सेक्स राख्दा स्वास्थमा फाईदा पुुग्ने निश्कर्ष निकालेको छ।अध्ययनमा बिहानको समय सेक्स गर्नाले मुटु स्वास्थ्य राम्रो हुनुका साथै शरीरको प्रतिरोधात्मक शक्ति उल्लेख गरिएको छ। आयुर्वेदका अनुसार सेक्सको राम्रो आनन्द तबमात्र आउँछ जब दुबै पार्टनर पूर्ण रुपले रिल्याक्स हुन्छन् । उसो त सामान्यतया हेर्ने हो भने सेक्सका लागि मानिसले रातिको समयलाई चुन्ने गर्छन्। तर दिनभरको थकान र कामको शेड्यूलपछि राति सेक्सको...

देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी

देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी
काठमाण्डौ – इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको हो । साथै इन्टरनेट सेवा प्रदायकहर...

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको विमान

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको विमान
काठमाडौँ — हराइरहेको ताराको ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए ।

बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु

बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु
काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ ।मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो । यद्यपि मौसम प्...