नारायणगढ–बुटवल सडक निर्माणकार्य सुस्त : दुर्घटनाकाे उच्च जोखिम
नवलपुर । साना सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताउनुहुन्छ । राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै नसक्ने अवस्था आउने गरेको सुवेदीको भनाइ छ । कावासोतीबाट नारायणगढसम्मको ३२ किलोमिटर खण्ड पार गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । सडकमा जमेको पानीले निकास नपाउँदा राजमार्गमा ठूला–ठूला खाल्डा बनेका हुन् । “सडकको विभिन्न ठाउँमा डाइभर्सन गराएर पुल निर्माणको ...


