गैँडाकोट । नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ भडारा ६० वर्षका डिल्लीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

नजिकैको बारीमा काम गर्न गएका थारु चट्याङ लागि घाईते भएका थिए । उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया