काठमाडौं ।  नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम छ ।

महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ । महासंघ एमालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ ।

तपाईको प्रतिक्रिया