गैँडाकोट । गैडाकोट नगरपालिका वडा नं. ५ निवासी श्याम भुसालले उपमेयर पदमा उमेदवारी दिने घोषणा गर्नुभएको छ । आज विहान उज्यालो खबरसँग कुरागर्दै भूसालले स्वतन्त्र रुपमा उपमेयर पदमा उमेदवारी दर्ता गराउने बताउनुभयो ।

गैँडाकोट नगरपालिकाको समग्र विकासका लागि आफुसँग बृहत योजना रहेको भन्दै उहाँले स्वतन्त्र रुपमै भएपनि उपमेयर पदमा उमेदवारी दर्ता गराउने जानकारी दिनुभयो । राजनैतिक दलहरुबाट जनताले अपेक्षा गरे अनुसारको काम पुरा नभएको भन्दै उहाँले नगरवासीले आफुलाई मतदिने दावी गर्नुभयो ।

बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि स्थानीय तहहरुमा आज र भोलि उमेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया