×

राजनीति

एमाले गैडाकोटमा मतगणना जारी, दुई अध्यक्ष विच प्रतिस्पर्धा

एमाले गैडाकोटमा मतगणना जारी, दुई अध्यक्ष विच प्रतिस्पर्धा
गैडाकोट।  नेकपा एमाले गैडाकोट नगरकमिटीको नया नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अहिले जारी छ । हालसम्म अध्यक्ष पदका उम्मेदवार षडानन्द लामिछानेले ७७ र प्रत्यासी गिरीराज उपाध्यायले ५२ मत प्राप्त गरेका छन। मतदानमा कुल ४३९ मत खसेको छ ।

एमाले गैँडाकाेटकाे सचिवमा पाैडेल निर्विराेध, अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा भाेलि विहान भाेटिङ

एमाले गैँडाकाेटकाे सचिवमा पाैडेल निर्विराेध, अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा भाेलि विहान भाेटिङ
गैँडाकाेट । नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न एमाले नेतृत्व असफल भएपछि भोटिङको माध्यमबाट नयाँ नेतृत्वको छिनोफानो गरिने भएको हो ।गैँडाकोटको शिख्रौली मध्यवर्ती उपभोक्ता समूहको कार्यालय नजिकैको खुला चौरमा विहान ८:३०  वजेबाट मतदान हुने निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यालले जानकारी दिनुभयो । अध्यक्ष पदमा युवा नेता गिरीराज उपाध्याय र निर्वतमान अध्यक्ष षडानन्द लामिछाने विच प्रतिष्पर्धा हुने भएको छ । अ...

प्रचण्डलाई ओलीले भनेः चितवन कुरुक्षेत्र होइन, धार्मिक क्षेत्र हुन्छ

प्रचण्डलाई ओलीले भनेः चितवन कुरुक्षेत्र होइन, धार्मिक क्षेत्र हुन्छ
चितवन - नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । आज ९मंगलबार० चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई कुरुक्षेत्र बनाउने हिम्मत नगर्न चेतावनी दिनुभयो । केही दिनअघि चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने बताउनुभएको थियो । ‘कुरुक्षेत्र किन बनाउने ?,’ ओलीले भन्नुभयो, ‘प्रचण्डले पहिलेकै बैस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान् । अब कु...

एमालेको पालिका अध्यक्षमा २४ वर्षीय युवा चयन

एमालेको पालिका अध्यक्षमा २४ वर्षीय युवा चयन
गाेरखा । गोरखामा नेकपा एमालेको भीमसेन थापा गाउँपालिका कमिटीको अध्यक्षमा २४ बर्बीय सुजन सिंखडा चयन भएका छन् । यही कात्तिक ९ गते भएको पालिका अधिवेशनबाट सिंखडा सर्वसम्मत गाउँपालिका अध्यक्षमा चयन भएका हुन् । उनले भीमसेनथापा गाउँपालिका–४ धावाका २०७० सालदेखि एमालेको विद्यार्थी राजनीति शुरु गरेका थिए । उनले एसएलसी सकेर चितवन पढ्न गएपछि विद्यार्थी राजनीति थालेका बताए । को हुन् सिंखडा ? चितवनको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपीआई) मा अध्ययन गर्दा २०७० सालमा पहिलो पटक एमालेको...

एमाले गैँडाकाेटमा सहमतिकाे सम्भावना न्यून, पर्सी मतदानकाे तयारी

एमाले गैँडाकाेटमा सहमतिकाे सम्भावना न्यून, पर्सी मतदानकाे तयारी
गैँडाकाेट । नेकपा एमाले गैँडाकोट नगरकमिटीको नयाँ नेतृत्व चयनका लागि अन्ततः मतदाननै हुने देखिएको छ ।सहमति कायम गर्नका लागि नेतृत्वका आकांक्षीहरुलाई भोलि विहान १० वजेसम्मको समयसीमा दिइएको भएपनि हालसम्म कुनै प्रगती हुन सकेको छैन ।सहमति कायम गर्नका लागि नेताहरुले आन्तरिक छलफल गरेपनि त्यो छलफल प्रगतीतर्फ उन्मुख हुन नसकेको एमाले श्रोतले बताएको छ । प्रथम अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यालले भोलि विहान १० वजेसम्म सहमति कायम होस भन्ने उदेश्यले समयसिम...

स्थानीय चुनावमा गठवन्धनलाई धोबीले लुगा पछारे झैँ पछार्नुपर्छ : एमाले अध्यक्ष ओली

स्थानीय चुनावमा गठवन्धनलाई धोबीले लुगा पछारे झैँ पछार्नुपर्छ : एमाले अध्यक्ष ओली
चितवन। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै बलमा एकल बहुमत ल्याउने बताएका छन् । ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशत भन्दा बढी सिट प्रत्यक्षमा ल्याउनेगरी एमाले अगाडि बढ्ने ओलीले दावी गरे । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सबै पार्टीहरु मिलेर अगाडि बढे पनि नेकपा एमाले एक्लै बहुमत पुर्याउने गरी अगाडि बढेको बताए । चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दललाई ध...

चितवनका पुराना पत्रकार वीरेन्द्रमणि पौडेल नेकपा एमालेमा प्रवेश

चितवनका पुराना  पत्रकार वीरेन्द्रमणि पौडेल नेकपा एमालेमा प्रवेश
चितवन । चितवनका अग्रज पत्रकार वीरेन्द्रमणि पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेकपा एमालेको भरतपुर महानगरको आज भएको प्रथम महाधिवेशनको उद्घाटन शत्रमा उनी एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार पौडेललाई माला लगाइदिएर एमालेमा स्वागत गरेका हुन् । पौडेल विगत ३० वर्षदेखि चितवनको पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले कार्यक्रममा विगत धेरै वर्षदेखि नेपालको राजनीतिक दलहरुको बारेमा अध्ययन गर्दै आएको एमाले झन् झन् शक्तिशाली र बलियो ब...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् ।सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ ९१० को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’ १० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअन...

मतविभाजन गर्न प्रदेश १ को बैठक बस्दै

मतविभाजन गर्न प्रदेश १ को बैठक बस्दै
काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज मतविभाजन हुने भएको छ।आज मध्यान्ह १२:३० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता आचार्य अल्पमतमा छन्। उनले विश्वासको मत जुटाउने सम्भावना कमजोर छ।प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठबन्धनबाटै नयाँ मुख्यमन्त्री बनाउने पक्षमा छन्। विपक्षी गठबन्धनबाट भावी मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी...