प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने नेपाल बारको घोषणा
काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।
बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए ।
आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुर...


