स्थलमार्ग हुँदै एमाले अध्यक्ष ओली साेमबार चितवन आउने
चितवन- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि सोमबार चितवन आउँदै हुनुहुन्छ । जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली चितवन आउन लाग्नुभएको हो ।
स्थलमार्गबाट अध्यक्ष ओली बिहान चितवन आइपुग्नुहुनेछ । उहाँ चितवन आउनेबित्तिकै नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदनआश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढक...


