×

मनोरञ्जन

‘फुर्के जुँगा‘’ बजारमा (भिडिओ सहित)

‘फुर्के जुँगा‘’ बजारमा (भिडिओ सहित)
चितवन । चर्चित गायक तेजस रेग्मी र गायिका समिक्षा अधिकारिको आवाजमा लोकदोहोरी गीत ‘फुर्के जुँगा‘’ रिलिज भएको छ ।सपना बानियाँको शब्दलाई टपक्क टिपेर संगीतकार तेजस रेग्मीले नै गीतमा संगीत भरेका छन् । योगेश काजिको संगीत संयोजन रहेको गीतलाई तेजस रेग्मी नामक अफिसियल युटुब च्यानल मार्फत शुक्रबार रिलिज गरिएको हो । भिडिओमा मोडल शुधिर श्रेष्ठ, रोशनी कार्की, राज र सोफिया बज्राचार्यको दमदार अभिनय देख्न सकिन्छ । नारायणगढ आसपासमा छायांकन गरिएको उक्त भिडिओलाई आदित्य बुढाथोकीले निर्देशन गरे...

नारायणी माध्यमिक विद्यालयका  बालबालिकालाई  पाठ्यपुस्तक  स्टेशनरी सहयाेग 

नारायणी माध्यमिक विद्यालयका  बालबालिकालाई  पाठ्यपुस्तक  स्टेशनरी सहयाेग 
नवलपुर । गैंडाकोट नगरपालिका वडा नं १ घर भई हाल अष्ट्रेलिया निवासी विवेक कंडेलले नारायणी माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरिव तथा विपन्न परिवारका बालबालिकाहरुलाई अतिरिक्त पाठ्यपुस्तक तथा स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विवेक कंडेलका पिता प्रमानन्द कंडेल र माता कमला कंडेलले अति गरिव विपन्न २५ जना विद्यार्थीहरुलाई चौविस हजार बराबरको पाठ्यपुस्तक तथा स्टेशनरी प्रदान गर्नभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प...

विप्लव समूहको बन्दका कारण बिहानैदेखि यात्रुलाई सास्ती

विप्लव समूहको बन्दका कारण बिहानैदेखि यात्रुलाई सास्ती
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण  नवलपुर सहिद देशका अधिंकास स्थानकाे जनजिवन प्रभावित बनेकाे छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको हो । नेपाल बन्दका कारण काठमाडौंमा विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन् । यात्रुले बिहानै सास्ती भोगेका छन् । सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रुह...

गैँडाकोटको शिख्रौली एकादशी मेलामा शनिवार र्‍यापर ‘भिटेन’ आउने

गैँडाकोटको शिख्रौली एकादशी मेलामा शनिवार र्‍यापर ‘भिटेन’ आउने
गैँडाकोट। नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरु भएको एकादशी मेला अन्तर्गत शनिवार नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ ले आफ्नो प्रस्तुती दिने भएका छन् ।गैँडाकोट नगरपालिका वडा नं. १३ को मनमोहन स्मृति खेल मैदान शिख्रौलीमा शुक्रबारदेखि सुरु भएको साँस्कृतिक महोत्सव एवंम् एकादशी मेलाको दोस्रो दिन शनिवार भिटेनले दर्शकहरुलाई नचाउने सन्तोष तामाङले जानकारी दिनुभयो । साँझ ६ वजेदेखि र्‍यापर  ‘भिटेन’को प्रस्तुती रहने आयोजकले जनाएको छ । नेपाली युवाहरुमाझँ पछिल्लो समय र्‍यापर ‘भिट...

काँग्रेस गैँडाकोटले भन्याे : किसानलाई राहत देउ, डुवान प्रति समयमै ध्यान देउ

काँग्रेस गैँडाकोटले भन्याे : किसानलाई राहत देउ, डुवान प्रति  समयमै ध्यान देउ
गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट नगरसमितीले वेमौसमी वर्षातका कारण किसानहरुले लगाएको धानवाली नष्ट भएको भन्दै सोको पहिचान गरि तत्काल राहत उपलव्ध गराउन माग गरेको छ ।आज बसको नगर कार्यसमितिको पहिलो बैठकले किसानहरुको धानवालीमा भएको क्षतिको पहिचान गरि राहत उपलव्ध गराउन माग गर्ने सहितका विभिन्न निर्णयहरु गरेको हो । नगर सभापति बद्री सापकोटाको अध्यक्षतामा बसेको बैठकले गैँडाकोट नगरपालिका वडा नं. ४,५,६ र ७ मा वर्षातको समयमा अत्याधिक डुवानको समस्या देखिने गरेको भन्दै त्यस तर्फ चनाखो...

र्‍यापर हस्ट्लरले ल्याए ‘चितवनबाट’ ( भिडिओ सहित )

र्‍यापर हस्ट्लरले ल्याए ‘चितवनबाट’ ( भिडिओ सहित )
चितवन – र्‍यापर हस्ट्लर गोविन्दले ‘चितवनबाट’ बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीत मंगलबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । नारायणगढस्थित चुल्हो रेष्टुरेन्टमा एक कार्यक्रमकाबीच उक्त गीत प्रिमियर गरिएको हो। गीतको भिडियोमा चितवनको सौन्दर्यतालाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ । उक्त गीतमा चितवनबाट संघर्ष गर्दै सफलता चुमेका कलाकार तथा संगीतकर्मीहरुलाई पनि प्रस्तुत गरिएको छ । उनीहरुको संघर्षको कथालाई गीतको माध्यमबाट देखाउन खोजिएको छ । प्रिमियर कार्...

हरितालिका अर्थात् तीजको पहिलो दिन आज : दर खाएर मनाइदै

हरितालिका अर्थात् तीजको पहिलो दिन आज : दर खाएर मनाइदै
काठमाडौं । नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाएर मनाइदैछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्वतयारी गर्ने गर्दछन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाल...

मनकामना केबलकार आइतबारदेखि संचालनमा आउँदै

मनकामना केबलकार आइतबारदेखि संचालनमा आउँदै
कुरिनटार । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण बन्द भएको मनकामना केबलकार आइतबारदेखि संचालनमा आउने भएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर केबलकार संचालनमा ल्याउने चितवन कोइका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताउनुभयो । स्वास्थ्य मापदण्ड पूरा गरेर आइतबारदेखि संचालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबार इ–सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरिएको छ। उहाँका अनुसार इ–सेवा मार्फत...

खोलीतीरैमा गीतबाट कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड

खोलीतीरैमा गीतबाट कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड
चितवन। लोक आधुनिक विधातर्फ खोलीतीरैमा गीतमा उत्कृष्ट अभिनय गरेको भन्दै कृष्ण रसाललाई यस वर्षको ‘उत्कृष्ट मोडल लोक आधुनिक अवार्ड’ प्रदान गरिएको छ । राजधानीमा सम्पन्न तेस्रो ‘बोस्टर इन्टरटेन्मेट अवार्ड’मा रसाललाई उत्कृष्ट मोडल लोक आधुनिक अवार्डबाट सम्मान गरिएको हो । कार्यक्रममा पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा। रामशरण महत तथा अन्य अतिथिले रसाललाई अवार्ड र प्रमाणपत्रसँगै माला तथा खादाबाट सम्मान गरेका थिए । कृष्ण रसालले नेपाली गीत सङ्गीतमा आफ्नो उत्कृष्टता प्रदान ग...