चितवन। लोक आधुनिक विधातर्फ खोलीतीरैमा गीतमा उत्कृष्ट अभिनय गरेको भन्दै कृष्ण रसाललाई यस वर्षको ‘उत्कृष्ट मोडल लोक आधुनिक अवार्ड’ प्रदान गरिएको छ । राजधानीमा सम्पन्न तेस्रो ‘बोस्टर इन्टरटेन्मेट अवार्ड’मा रसाललाई उत्कृष्ट मोडल लोक आधुनिक अवार्डबाट सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा। रामशरण महत तथा अन्य अतिथिले रसाललाई अवार्ड र प्रमाणपत्रसँगै माला तथा खादाबाट सम्मान गरेका थिए । कृष्ण रसालले नेपाली गीत सङ्गीतमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका छन् । उनका कार्यले प्रशंसा पाइरहँदा उनलाई विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त भइरहेका छन् ।
बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्यूट (बीएमटीआई)को प्रस्तुतिमा राजधानीमा तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न भएको हो । बोस्टर मिडियाको आयोजनामा भएको अवार्डमा क्यापिटल इन्टरटेनमेन्टले इभेन्ट म्यानेजमेन्ट गरेको थियो भने टीभी इको वान, म्यूजिक खबर र रेडियो भ्वाइस अफ नेपालको मिडिया सहकार्यमा अवार्ड समारोह सम्पन्न भएको थियो । गीत सङ्गीत तथा अन्य विभिन्न विधामा ४२ भन्दा बढी सर्जकलाई अवार्ड प्रदान गरिएको समारोहमा पूर्व अर्थमन्त्री महत प्रमुख अतिथि रहेका थिए ।
बोस्टर मिडियाका सल्लाहकार भवानीप्रसाद पौडेलको अध्यक्षतामा भएको अवार्ड सामारोहमा साहित्यकार राधेश्याम लेकाली, चलचित्र कलाकार संघका उपाध्यक्ष तथा वरिष्ठ निर्देशक मोहन निरौला, वरिष्ठ हास्य कलाकार लय संग्रौला, वरिष्ठ हास्य कलाकार उत्तम केसी, चलचित्र निर्देशक जनक खकुरेललगायतले अवार्ड तथा सम्मान प्रदान गरेका थिए । बोस्टर मिडियाले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गर्दै आइरको छ ।

तपाईको प्रतिक्रिया