
गैँडाकोट। नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरु भएको एकादशी मेला अन्तर्गत शनिवार नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ ले आफ्नो प्रस्तुती दिने भएका छन् ।गैँडाकोट नगरपालिका वडा नं. १३ को मनमोहन स्मृति खेल मैदान शिख्रौलीमा शुक्रबारदेखि सुरु भएको साँस्कृतिक महोत्सव एवंम् एकादशी मेलाको दोस्रो दिन शनिवार भिटेनले दर्शकहरुलाई नचाउने सन्तोष तामाङले जानकारी दिनुभयो ।
साँझ ६ वजेदेखि र्यापर ‘भिटेन’को प्रस्तुती रहने आयोजकले जनाएको छ । नेपाली युवाहरुमाझँ पछिल्लो समय र्यापर ‘भिटेन लोकप्रिय छन् ।स्थानीय ध्रुवतारा युवाक्लवले आयाेजना गरेकाे साँस्कृतिक महोत्सव एवंम् एकादशी मेला कार्तिक २९ गतेसम्म चल्ने छ ।रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए।