×

चितवन । चर्चित गायक तेजस रेग्मी र गायिका समिक्षा अधिकारिको आवाजमा लोकदोहोरी गीत ‘फुर्के जुँगा‘’ रिलिज भएको छ ।सपना बानियाँको शब्दलाई टपक्क टिपेर संगीतकार तेजस रेग्मीले नै गीतमा संगीत भरेका छन् । योगेश काजिको संगीत संयोजन रहेको गीतलाई तेजस रेग्मी नामक अफिसियल युटुब च्यानल मार्फत शुक्रबार रिलिज गरिएको हो ।

भिडिओमा मोडल शुधिर श्रेष्ठ, रोशनी कार्की, राज र सोफिया बज्राचार्यको दमदार अभिनय देख्न सकिन्छ । नारायणगढ आसपासमा छायांकन गरिएको उक्त भिडिओलाई आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् भने मुकेश हुमागाईंले छायाँकन गरेका छन् ।भिडिओमा अमृत पाण्डेले ड्रोन उडाएका छन् भने पदम सुबेदीको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया