×

नवलपुर । गैंडाकोट नगरपालिका वडा नं १ घर भई हाल अष्ट्रेलिया निवासी विवेक कंडेलले नारायणी माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरिव तथा विपन्न परिवारका बालबालिकाहरुलाई अतिरिक्त पाठ्यपुस्तक तथा स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विवेक कंडेलका पिता प्रमानन्द कंडेल र माता कमला कंडेलले अति गरिव विपन्न २५ जना विद्यार्थीहरुलाई चौविस हजार बराबरको पाठ्यपुस्तक तथा स्टेशनरी प्रदान गर्नभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमानन्द कंडेलले नारायणी माध्यमिक विद्यालयमा अति विपन्न विहान बेलुकाको छाक टार्न पनि मुस्किल पर्ने परिवारका विद्यार्थी अध्ययन गरेको पाएकोमा आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै बालबालिकाको पढ्न पाउने अधिकार संरक्षणका लागि सबैलाई सहयोग गर्न अपिल गर्नु भयो ।

विद्यालयमा कार्यरत शिक्षक अनिल कंडेलको समन्वयमा भएको उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक मिलन कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले गर्नु भएको थियो ।गैंडाकोट वडा नं ७ मा रहेको नारायणी माध्यमिक विद्यालयमा अति विपन्न गरिब परिवारका चार सय जना विद्यार्थीहरु अध्ययन गर्ने गर्छन् ।

 

तपाईको प्रतिक्रिया