चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल बगायो, रसुवामा ठुलो क्षति
रसुवा – चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा अवस्थित नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ। राति करिब ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण पुलमा गम्भीर क्षति पुगेको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार मितेरी पुल बगाएको प्रारम्भिक जानकारी आएको छ। "पुलमा सामान्य क्षति मात्र भएको हो कि पूर्ण रूपमा बगाएको भन्नेबारे अझै यकिन भइसकेको छैन," उनले भने।
बाढीले रसुवा भन्सार कार्यालय टिमुरेको यार्ड क्षेत्रमा समेत ठूल...


