दूध बोक्ने गाडी र माईक्रो ठोक्किँदा माईक्रो नहरमा खस्यो, चालक घाइते
चितवन — चितवनको भरतपुर महानगरपालिका–५ स्थित मिलिजुलीचोकमा भएको सवारी दुर्घटनामा एक दूध बोक्ने गाडी र माईक्रोबस एक आपसमा ठोक्किँदा दुबै सवारी साधनमा क्षति पुगेको छ।
सितारामचोकबाट तोरीखेततर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८४२४ नम्बरको दूध बोक्ने गाडीले भित्री शाखा सडकबाट आउँदै गरेको ना १ ज ८७६८ नम्बरको माईक्रोलाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि दूध बोक्ने गाडी सडकमा पल्टिएको छ भने माईक्रोबस नारायणी लिफ्ट सिचाइ आयोजना अन्तर्गतको नहरमा खसेको प्रहरीले जनाएको छ।घटनामा दुबै गाड...


