चितवन — चितवनको भरतपुर महानगरपालिका–५ स्थित मिलिजुलीचोकमा भएको सवारी दुर्घटनामा एक दूध बोक्ने गाडी र माईक्रोबस एक आपसमा ठोक्किँदा दुबै सवारी साधनमा क्षति पुगेको छ।
सितारामचोकबाट तोरीखेततर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८४२४ नम्बरको दूध बोक्ने गाडीले भित्री शाखा सडकबाट आउँदै गरेको ना १ ज ८७६८ नम्बरको माईक्रोलाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि दूध बोक्ने गाडी सडकमा पल्टिएको छ भने माईक्रोबस नारायणी लिफ्ट सिचाइ आयोजना अन्तर्गतको नहरमा खसेको प्रहरीले जनाएको छ।घटनामा दुबै गाडीमा चालक मात्रै सवार थिए।
माईक्रो चालक पिताबर पाण्डे (३५), स्थायी घर स्याङ्जा हाल भरतपुर–१२ सूर्यचोक, सकुशल छन् भने दूध बोक्ने गाडीका चालक याम ब राना (३५), स्थायी घर तनहुँ हाल भरतपुर–८ गौरीगञ्ज, खुट्टा र कम्मरमा सामान्य चोट लागेपछि उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।उपचारमा उनका साथी निश्चल शाही पनि संलग्न रहेको ईलाका प्रहरी कार्यालय गितानगरले जनाएको छ।



उज्यालो खबर




