चितवन — भरतपुर महानगरपालिका–९ शरदपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक वृद्धा महिलाको ज्यान गएको छ।शनिवार साँझ करिब ६:५५ बजे आफ्नै घर नजिकै रहेको रिङले बनेको सेफ्टी ट्याङ्कीको ढकनी अचानक भाँचिएर खस्दा ६४ वर्षीया राधिका बिक गम्भीर घाइते भएकी थिइन्।
उनलाई छोरीले तत्काल उद्धार गरी भरतपुरस्थित सरकारी अस्पताल पुर्याए पनि उपचारको क्रममा राति ८:३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणगढ बसपार्कले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक भुवन अर्यालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
सावधानी नअपनाउँदा घर नजिकै रहेका यस्ता संरचनाहरु ज्यानमारा बन्ने खतरा रहेको भन्दै स्थानियवासीले चिन्ता व्यक्त गरेका छन्।



उज्यालो खबर




