विशेष अदालतको फैसला – नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष जेल
काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।
९ करोड २२ लाख रुपैंयाको घुस लेनदेन भएको ठहर सहित विशेष अदालतले मेयर बस्नेत अनि पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाख रुपैंयाका दरले जरिवाना मागेको हो । हाउजिङ र पद्मा मर्चेन्टले पनि त्यही दरले ज...


