मोरङमा लागू औषध दुर्व्यसनबारे प्रहरीको प्रस्तुति, सरोकारवालाको सक्रिय सहभागिता
विराटनगर – लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा मोरङ जिल्लामा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना र गैर सरकारी संस्था महासंघ नेपाल, मोरङ जिल्ला शाखाको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) हस...


