काठमाडौं । रसुवामा आएको भीषण बाढीले जनधनको ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रभावित क्षेत्रमा आपतकालीन सहायता पुर्याउने कार्यमा सरकारले युद्धस्तरमा काम गरिरहेको बताएका छन्।
“तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ,” उनले फेसबुकमा लेखेका छन्।बाढीबाट केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएको दुःखद खबर आएको भन्दै प्रधानमन्त्रीले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने पीडितप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले सुरक्षा निकायहरूसँग नियमित रूपमा उद्धार कार्यको रिपोर्टिङ लिइरहेको जानकारी दिँदै राहत तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। साथै, सरकारी निकायहरूले गरिरहेको उद्धारमा सबै पक्षको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरेका छन्।”विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ,” प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन्।



उज्यालो खबर




