८७ प्रतिशत पुँजिगत खर्चसहित इच्छाकामनाको बजेट कार्यान्वयन सम्पन्न
चितवन — जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय बजेट खर्च गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार यो वर्ष पालिकाले कुल ८५.५७ प्रतिशत बजेट खर्च गर्दा पुँजिगततर्फ मात्रै ८७.२९ प्रतिशत खर्च भएको छ। चालुतर्फको खर्च पनि ८४.२७ प्रतिशत पुगेको छ।
खर्च विवरण सार्वजनिक गर्दै बस्नेतले चालु खर्चभन्दा बढी पुँजिगत खर्च हुनु सकारात्मक संकेत भएको बताउनुभयो। उहाँले यस वर्ष कुनै पनि योजनाको म्याद थप गर्नु नपरेको, भ...


