चितवनको खैरहनी बन्यो देशकै दोस्रो उत्कृष्ट पालिका, मन्त्रालयद्वारा सम्मान
काठमाडौँ- चितवनको खैरहनी नगरपालिका देशभरका पालिकाहरुमध्ये दोस्रो उत्कृष्ट पालिका भएको छ । आर्थिक वर्ष २०८०/८१ मा भएको कार्यसम्पादन अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) मा देशैभरीको पालिकाहरुमध्ये खैरहनी नगरपालिका दोस्रो स्थानमा पर्न सफल भएको हो ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन पालिकाहरुले दावी गरेको अंकमा संघीय मामिला तथा प्रशासन मन्त्रालयले गुणस्तर परिक्षण प्राप्त गरेको नतिजा आज सार्वजनिक गरेको हो । गुणस्तर परिक्षण पश्चात् सार्वजनिक गरिएको अंकमा ...


