×

नवलपुर । मध्यविन्दु नगरपालिकाका काँग्रेसका सक्रिय युवा नेता दोमन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । केही दिनअघि नै पार्टी प्रवेश गरे पनि आधिकारिक रूपमा शुक्रबार सार्वजनिक गरिएको हो ।भण्डारीले विगतमा नेपाली काँग्रेसको नगरसभापतिको जिम्मेवारी सम्हाल्दै संगठनलाई अगाडि बढाएका थिए । उहाँले हालसालै नगरसभापति पदबाट राजीनामा दिएका थिए तर सो राजीनामा भने स्वीकृत भइसकेको छैन ।

भण्डारीको प्रवेशबारे रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उहाँको आगमनले संगठन थप सबल हुने विश्वास व्यक्त गर्नुभएको छ ।यसैबीच, रास्वपाले भण्डारीलाई केन्द्रीय मिसन ०८४ प्रचार प्रसार विभाग सदस्यमा समेत मनोनित गरेको छ । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटिले बिहीबार भण्डारीलाई उक्त जिम्मेवारी तोक्नुभएको हो ।

तपाईको प्रतिक्रिया