सिडेन बागमती प्रदेश नेतृत्व चयन : सभापतिमा शर्मा, उपसभापतिमा श्रेष्ठको उम्मेदवारी
काभ्रे — नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशको ८औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ । यसअन्तर्गत सभापतिमा पुरुषोत्तम शर्मा (लामिछाने) र उपसभापतिमा सुनिल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
श्रेष्ठले धनेन्द्र केसीको केन्द्रीय नेतृत्वमा रहेको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिएका हुन् भने पुरुषोत्तम शर्मा नेतृत्वको प्यानलबाट सचिवमा कुशल खड्का, उपसचिवमा प्रविन काफ्ले, कोषाध्यक्षमा ख...


