नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा चालकको मृत्यु, दुई घाइते
नवलपुर-नवलपुरको देवचुली नगरपालिका–१५ लोकहा स्थित पूर्व–पश्चिम राजमार्गमा कन्टेनर र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार राति करिब ११:३० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०३००१ ख ४०५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–१ का ३०–३५ वर्षीय माधव पंगेनी गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरस्थित...


