×

मध्य नेपाल

Gen-Z नेपालले भन्यो- आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनू

Gen-Z नेपालले भन्यो- आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनू
काठमाडौं । जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो । यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन

स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा ९जेन जी०हरुले प्रदर्शन सुरु गरेका छन् ।उनीहरु स्वतस्स्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । कतिपय युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् ।पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनज...

आश्विन कृष्ण पक्ष – आजदेखि सुरु भयो सोह्रश्राद्ध

आश्विन कृष्ण पक्ष – आजदेखि सुरु भयो सोह्रश्राद्ध
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर...

आज निजामती सेवा दिवस – सिंहदरबारबाट प्रभातफेरी, पुलिस क्लबमा समारोह

आज निजामती सेवा दिवस – सिंहदरबारबाट प्रभातफेरी, पुलिस क्लबमा समारोह
काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आज बिहान सिंहदरबारस्थित पुरानो संसद भवन अगाडिको प्रांगणबाट प्रभातफेरी निकाल्ने कार्यक्रम छ । बिहान ७ बजेर १५ मिनेटमा सुरु हुने प्रभातफेरि भृकुटीमण्डपस्थित नेपाल पु...

कांग्रेस गैँडाकोट–१३ एकजुट, वडा भेलाले गर्‍यो संकल्प

कांग्रेस गैँडाकोट–१३ एकजुट, वडा भेलाले गर्‍यो संकल्प
गैँडाकोट नगरपालिका–१३ मा नेपाली कांग्रेसले वृहत भेला सम्पन्न गरेको छ। नगरकार्य समितिको निर्णयअनुसार १८ वटै वडामा आयोजित वृहत भेला तथा वडासम्मेलन अन्तर्गत आइतबार भएको कार्यक्रममा वडामा रहेका क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति सदस्य, टोल सभापति, भातृसंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। वडा सभापति प्रेमलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रतिनिधि एवं नगर सचिव गोविन्द घिमिरेले संगठन सुदृढ बनाउन नियमित बैठक, वार्षिक कार्ययोजना निर्माण, नयाँ घरपरिवारसँग सम्पर्...

फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय

फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो । ‘सूचीक...

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिमा अघि सार्ने

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिमा अघि सार्ने
काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने भएको छ ।कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेकपा एमालेले उम्मेदवार दिने छैन । विपक्षी दलहरूको बहुमत छैन । यसकारण सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित हुने वातावरण बनेको छ । यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । कुलिङ अफ पिरियडको गडबडीका सम्बन्धमा प्रतिवेदन आएपछि उनल...

चितवनको खैरहनीमा स्कुल हिडेका दुई बालिका बेपत्ता

चितवनको खैरहनीमा स्कुल हिडेका  दुई बालिका बेपत्ता
चितवन-  चितवनको खैरहनी नगरपालिका–२ चैनपुरबाट दुई जना बालिका बेपत्ता भएका छन्।हिजो दिउँसो  घरबाट विद्यालय जान्छु भनी निस्किएका न्यान्सी बिसुरुवाल (१४ वर्ष) र निर्मला राना मगर (१५ वर्ष) हालसम्म विद्यालय, आफन्त वा साथीभाइको सम्पर्कमा नपुगेको परिवारले जनाएको छ। परिवारले खोजतलास गर्दा पनि नभेटिएपछि बेलुकी करिब ५ बजेतिर अभिभावकले इलाका प्रहरी कार्यालय खैरहनीमा जानकारी गराएका थिए।जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक रमिला न्यौपानेको कमाण्डमा टोली खटिइ बालिकाको खोजतलास कार्य भइरहे...

गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य

गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य
गुल्मी । गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ ।मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै त्यसको बजारीकरण समेत सुरु गरेको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले आटोको ब्राण्डिङमा सहयोग गरेको छ । साविकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रुपैयाँ र साना किसान सहकारी...