लुटपाट भएका सामान खरिद–बिक्री नगर्न CIB को आग्रह
काठमाडौँ- भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, व्यावसायिक भवन, बैंक तथा वित्तीय संस्थासहितका संरचनामा रहेका कागजात, ऐतिहासिक दस्तावेज, बहुमूल्य सामग्री, हातहतियार र अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट भएको घटनाबारे प्रहरी मुख्यालयले जानकारी दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अनुसार लुटपाट भएका ती सामग्रीहरू विभिन्न माध्यममार्फत बजारमा बिक्री वितरण भइरहेको सूचनापछि अनुसन्धान सुरु गरिएको छ। सोही कारण CIB ले यस्ता चोरी ...


