×

काठमाडौँ- भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, व्यावसायिक भवन, बैंक तथा वित्तीय संस्थासहितका संरचनामा रहेका कागजात, ऐतिहासिक दस्तावेज, बहुमूल्य सामग्री, हातहतियार र अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट भएको घटनाबारे प्रहरी मुख्यालयले जानकारी दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अनुसार लुटपाट भएका ती सामग्रीहरू विभिन्न माध्यममार्फत बजारमा बिक्री वितरण भइरहेको सूचनापछि अनुसन्धान सुरु गरिएको छ। सोही कारण CIB ले यस्ता चोरी तथा लुटपाट भएका सामानहरूको खरिद–बिक्री नगर्न जनतामा आग्रह गरेको हो।

प्रहरीले यस्ता कुनै जानकारी वा सामान पाइएमा नजिकको सुरक्षा निकायलाई तुरुन्तै खबर गर्न वा बुझाइ दिन समेत अनुरोध गरेको छ। साथै चोरी वा लुटपाटमा संलग्न व्यक्तिहरूलाई कारबाही हुने चेतावनी पनि दिएको छ।

CIB ले चेतावनी दिंदै भनेको छ – “यस्ता चोरी तथा लुटपाट भएका सामानहरूको खरिद, बिक्री तथा संरक्षण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।”

तपाईको प्रतिक्रिया