×

चितवन-  चितवनको खैरहनी नगरपालिका–२ चैनपुरबाट दुई जना बालिका बेपत्ता भएका छन्।हिजो दिउँसो  घरबाट विद्यालय जान्छु भनी निस्किएका न्यान्सी बिसुरुवाल (१४ वर्ष) र निर्मला राना मगर (१५ वर्ष) हालसम्म विद्यालय, आफन्त वा साथीभाइको सम्पर्कमा नपुगेको परिवारले जनाएको छ।

परिवारले खोजतलास गर्दा पनि नभेटिएपछि बेलुकी करिब ५ बजेतिर अभिभावकले इलाका प्रहरी कार्यालय खैरहनीमा जानकारी गराएका थिए।जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक रमिला न्यौपानेको कमाण्डमा टोली खटिइ बालिकाको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ।

बेपत्ता बालिकाको विवरण अनुसार, दुबै गहुँगोरो, मध्यम शरीरका हुन्। निर्मलाको उचाइ ५ फिट र न्यान्सीको ४ फिट रहेको छ। दुबै जना कक्षा ९ मा अध्ययनरत छन्। विद्यालय जाने क्रममा उनीहरूले रातो टि–सर्ट, निलो पाइन्ट र चप्पल लगाएका थिए।

प्रहरीले बालिकाबारे कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालय वा प्रहरी नायब निरीक्षक न्यौपाने (९८४४०५८२२१) मा सम्पर्क गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया