×

काभ्रे — नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशको ८औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ । यसअन्तर्गत सभापतिमा पुरुषोत्तम शर्मा (लामिछाने) र उपसभापतिमा सुनिल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

श्रेष्ठले धनेन्द्र केसीको केन्द्रीय नेतृत्वमा रहेको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिएका हुन् भने पुरुषोत्तम शर्मा नेतृत्वको प्यानलबाट सचिवमा कुशल खड्का, उपसचिवमा प्रविन काफ्ले, कोषाध्यक्षमा खेम शाही र सदस्यमा सुशान्त उप्रेती, दिपिका अधिकारी, समिक्षा ढकाल, रोजिना ग्यामरु, हिमाल दाहाल, टिकाराम श्रेष्ठ, पुरुषोत्तम पाण्डे, विनोद पाण्डे र समी सुवेदीले उम्मेदवारी दिएका छन् ।

उपसभापतिका उम्मेदवार श्रेष्ठले बागमती प्रदेशका समग्र इन्जिनियर र आर्किटेक्टहरूको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । धनेन्द्र केसी नेतृत्वमा रहेको टिमले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया