प्रधानमन्त्रीले मन्त्रीहरूसँग, मन्त्रीले सचिवसँग, सचिवले मातहत निकायका प्रमुखहरूसँग सम्झौता गरिरहेका छन्। प्रत्येक दिनजसो सम्झौता गर्ने र फोटो खिचाउने होडबाजि नै छ। यसको उपादेयता के छ भन्ने ठेगान नभए पनि यो क्रम जारी छ।
हुँदाहुँदा ऊर्जा मन्त्री दीपक खड्काले ५ दिनपछि घर जान लागेका सचिवसँग पनि उनले सम्पादन गर्नुपर्ने कार्यहरूको सूचीसहित सम्झौता गरेका छन्।ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अवकाशमा जाँदै छन्। कतिपय प्रशासकले त अवकाशको मुखमा एक दिनअघि भए पनि राजीनामा दिने प्रचलन छ।
तर, आचार्यले भने मन्त्रीसँग वर्षभरि गर्ने कामहरूको सूचीमा हस्ताक्षर गर्दै सम्झौता आदान–प्रदान गरेका छन्।मन्त्री खड्काले पनि दंग पर्दै सम्झौता गरेको फोटासहित सामाजिक सञ्जालमा राखेर शतप्रतिशत नतिजा ल्याउन निर्देशन दिएको भनेका छन्।
उनले लेखेका छन्,‘प्रधानमन्त्री केपी ओलीज्यूसँग साउन २९ गते भएको कार्य सम्झौताबमोजिम आज मन्त्रालयका सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरेको छु। साथै उच्च व्यवस्थापन समूहमा उच्च मनोबलका साथ कार्यसम्पादन सम्झौतालाई शत प्रतिशत नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएको छु।’



उज्यालो खबर




