उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त – विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाएका छन् ।सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका हुन् ।
रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनमा पार्टीभित्रको आन्तरिक तयारीमा भैरहवामा रहेका शर्माले अनलाइनखबरसँग भने, ‘उपसभामुखको प्रकरणमा म यहीँबाट आफ्नो असहमति जनाइसकेको छु ।’उपसभामुखले नेपालस्थि...


