×

मध्य नेपाल

विशाक्त मदिरा सेवन गर्दा कुवेतमा ६ नेपालीसहित १३ जनाको मृत्यु

विशाक्त मदिरा सेवन गर्दा कुवेतमा ६ नेपालीसहित १३ जनाको मृत्यु
काठमाडौं- कुवेतमा मदिरा सेवन गर्दा ६ नेपालीको मृत्यु भएको छ । विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भएको हो । कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयले यसबारे नेपाली दूतावासलाई जानकारी दिइसकेको थियो । विशाक्त मदिरा सेवन गरी ६३ जना विदेशीको कुवेतको विभिन्न अस्पतालमा गत शनिबारदेखि उपचार भइरहेको छ । तीमध्ये १३ जनाको मृत्यु भएको छ जसमा ६ जना नेपाली रहेको पुष्टि भइसकेको दूतावास स्रोतले बतायो । यस्तै विशाक्त मदिरा सेवन गरेर अशक्त...

गैंडाकोटमा तीज गीत प्रतियोगिता सम्पन्न, शिलान्यास टोल महिला समूह प्रथम

गैंडाकोटमा तीज गीत प्रतियोगिता सम्पन्न, शिलान्यास टोल महिला समूह प्रथम
गैंडाकोट-  गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा गैंडाकोटमा सम्पन्न तीज गीत प्रतियोगितामा गैंडाकोट–२ स्थित शिलान्यास टोल महिला समूहले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरेको छ। हरितालिका तीज–२०८२ को अवसरमा आयोजित प्रतियोगितामा गैंडाकोट नगरभित्रका १९ वटा महिला समूहको सहभागिता थियो। प्रतिस्पर्धामा गैंडाकोट–१ को प्रगति टोल महिला समूह दोस्रो, गैंडाकोट–५ को भृकुटी चोक महिला समूह तेस्रो तथा गैंडाकोट–२ को जनजागृति महिला समूहले सान्त्वना पुरस्कार हात पारेका छन...

गैँडाकोटका श्रमिक नेता ललित श्रेष्ठ रास्वपामा प्रवेश

गैँडाकोटका श्रमिक नेता ललित श्रेष्ठ रास्वपामा प्रवेश
नवलपुर- नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले पद त्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक प्रवेश गरेका छन्। गैँडाकोट नगरपालिका–२ निवासी श्रेष्ठलाई रास्वपाको केन्द्रीय श्रम तथा उपभोक्ता विभागको उप–प्रमुख पदमा नियुक्त गरिएको रास्वपा गैँडाकोट नगर सभापति विमल घिमिरेले जानकारी दिएका छन्। श्रेष्ठ विगत २५ वर्षदेखि मजदुर संगठनमा सक्रिय रहँदै श्रमिक तथा मजदुर वर्गको हकहितका लागि अग्रसर रहँदै आएका अनुभवी नेता हुन्। नेपाली कांग्रेसभित्र बौद...

एकैपटक ७२ सहसचिव सरुवा, को कहाँ ?

एकैपटक ७२ सहसचिव सरुवा, को कहाँ ?
सरकारले  एकैपटक ७२ जना सहसचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहसचिव सरुवा गरिएको सूचना सामान्य प्रशासन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो। यो निर्णयले विभिन्न मन्त्रालयका सहसचिवहरु हेरफेर भएका छन्। स्वास्थ्य मन्त्रालयमा सहसचिवहरु हेमराज सुवेदी र निता पोखरेल अर्याललाई सरुवा गरिएको छ। यसअघि सुवेदी राष्ट्रिय योजना आयोग र अर्याल निर्वाचन आयोगमा कार्यरत थिए। श्रम मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालयमा सरुवा भएका छ...

रास्वपाले खोस्यो दीपक बोहराको सह-कोषाध्यक्ष पद, अब केन्द्रीय सदस्य मात्रै

रास्वपाले खोस्यो दीपक बोहराको सह-कोषाध्यक्ष पद, अब केन्द्रीय सदस्य मात्रै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा दिएको निवेदनमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ । आयोगले अध्यावधिक गरेर बुधबार कायम गरेको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख छ ।

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोट-  घर तथा कार्यालयका लागि आवश्यक सम्पूर्ण फर्निचर सामग्रीहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले ‘होम हेप्पीनेस हव’ ले गैँडाकोट–५, नवलपुरमा आफ्नो सेवा सुरु गर्दैछ। करिब डेढ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यो आधुनिक फर्निचर बिक्री केन्द्र भोलिदेखि (बिहीबार) औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो। उद्घाटन कार्यक्रम भोलि बिहान ११ बजे हुने छ, जसको उद्घाटन गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले गर्नुहुनेछ। सञ्चालक शिवसागर केवटका अनुसार होम हेप्प...

खैरहनी नापीका हाकिमलाई मोसो दल्ने नेकपा बहुमत चितवनका सेक्रेटरी पक्राउ

खैरहनी नापीका हाकिमलाई मोसो दल्ने नेकपा बहुमत चितवनका सेक्रेटरी पक्राउ
चितवन । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर शालिकराम लम्साललाई मोसो दलेर दुर्व्यवहार गर्ने जिल्ला सेक्रेटरी ‘दिपक’ भन्ने भीमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार घटनामा संलग्न अन्य दुई व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेका खड्काबाट ९ थान पर्चा बरामद भएको छ । उक्त पर्चामा ‘शालिकराम लम्साललाई कारबाही किन नगर्ने ? ’ जस्ता शब्द लेखिएका छन् । एसपी पुरीका अनुसार पक्राउ परेका खड्काविरुद्ध अभद्र व्यवह...

अष्ट्रेलिया पढाइको तयारी गर्दै हुनुहुन्छ? ग्लोबल रिचको शैक्षिक मेला भदौ २ मा भरतपुरमा

अष्ट्रेलिया पढाइको तयारी गर्दै हुनुहुन्छ? ग्लोबल रिचको शैक्षिक मेला भदौ २ मा भरतपुरमा
 चितवन - ग्लोबल रिचले आउँदो भदौ २ गते (Saturday, August 17) आफ्नो चितवन शाखा कार्यालय परिसर, भरतपुर ओरालोमा शैक्षिक मेला आयोजना गर्ने भएको छ। हरेक वर्ष झैं यो मेला जनवरी/फेब्रुअरी इन्टेक लक्षित गर्दै आयोजना गरिएको हो। संस्थाका चितवन शाखा प्रमुख सुरेश पौडेलका अनुसार, अष्ट्रेलिया अध्ययनका लागि इच्छुक विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष कलेज प्रतिनिधिसँग परामर्श गर्ने अवसर प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। “हामीले चितवनमा हरेक वर्ष दुईपटक शैक्षिक मेला गर्दै आएका छौँ...

राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका हुन् । राजीनामा दिनु अघि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि स...