×

मध्य नेपाल

रवि लामिछानेलाई थुनामै पठाउने आदेश

रवि लामिछानेलाई थुनामै पठाउने आदेश
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले थुनामै पठाउने आदेश दिएको छ।सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्न आदेश दिएको हो। लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सापकोटाको इजलासले थुनामै राख्न आदेश दिएको हो। अदालतको बेवसाइटमा माग बमोजिम नहुनेु उल्लेख गरेको छ।लामिछा...

गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती

गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती
काठमाडौं । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालय खारेज गर्दै मन्त्रालयमा गाभेको छ । साथै १८५ कर्मचारी दरबन्दी कटौती समेत भएको छ ।यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ । आज बिहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशका निर्देशनालय मन्त्रालयमा गाभ्ने, प्रदेशमा भएका कर्मचारीको दरबन्दी घटाउने र कर्मचारी मापदण्ड पारित गर्ने लगायतका निर्णय गरेको छ । मन्त्रिपरिषदले निर्देशनालय खारेज गर्दै त्यसबाट दिने सेवा मन्त्रालयबाटै दिने...

काठमाडौं सिभिल अस्पतालमा प्रसूति पश्चात आमाको मृत्यु, नवजात शिशुको पनि निधन

काठमाडौं सिभिल अस्पतालमा प्रसूति पश्चात आमाको मृत्यु, नवजात शिशुको पनि निधन
काठमाडौं । दैलेखमा स्वास्थ्य सेवा कार्यालयमा कार्यरत दीपककुमार नेपाली र उनकी पत्नी लक्ष्मीकुमारी नेपाली तेस्रो सन्तानको स्वागत गर्न आतुर थिए । सुरक्षित प्रसूतिको लागि उनीहरूले देशको प्रतिष्ठित निजामती कर्मचारी (सिभिल) अस्पताललाई रोजेका थिए, जहाँ लक्ष्मीले नियमित गर्भ परीक्षणसमेत गराउँदै आएकी थिइन् । असार २ गते अन्तिम गर्भजाँच भयो । असार १७ गते बच्चा जन्मिने मिति तोकिएको थियो । ३१ वर्षीया लक्ष्मी असार ९ गते अस्पताल आइन् । श्रीमान् दीपक कामको सिलसिलामा दैलेखमै थिए । उनले श्र...

सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक आपसमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार निधन हुनेको पहिचान खुलेको छैन । घाइतेहरुको इनरुवा, विराटनगर न्...

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
तनहुँ । यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । इलामको रोङ गाउँपालिकाको अध्ययन भ्रमणपश्चात् प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढङ्गले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताए...

शिक्षा उद्यमशीलता र प्रतिस्पर्धाको मञ्च: अक्सफोर्ड मेला गैडाकोटमा सुरु

शिक्षा उद्यमशीलता र प्रतिस्पर्धाको मञ्च: अक्सफोर्ड मेला गैडाकोटमा सुरु
गैडाकोट- अक्सफोर्ड कलेजको आयोजनामा नवलपुरको गैडाकोटमा ‘अक्सफोर्ड मेला २०८२’ आजदेखि सुरु भएको छ । शैक्षिक, सांस्कृतिक तथा व्यवसायिक गतिविधिहरूको समन्वयमा आयोजना गरिएको उक्त मेलाको उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रो. दयाराज ढकालद्वारा गरिएको थियो। प्रमुख अतिथि ढकालले यस्ता मेलाहरूले विद्यार्थीको व्यवहारिक क्षमता, नेतृत्व विकास र सामाजिक सञ्जाल व...

कारागार प्रशासनले भन्यो- रवि लामिछानेलाई कुनै पनि सुविधामा विभेद गरिएको छैन

कारागार प्रशासनले भन्यो- रवि लामिछानेलाई कुनै पनि सुविधामा विभेद गरिएको छैन
रुपन्देही । चैत २५ देखि सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखेको विषयमा विभिन्न मिडियामा फरक फरक समाचार आएपछि कारागार प्रशासनले कुनैपनि सुविधामा विभेद नगरिएको जनाएको छ । कारागार प्रशासक सुरेश भण्डारीले कारागार कार्यालयको विषयमा विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै समाचारमा प्रकाशित तस्विर यहाँको कारागारभित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भएजस्तो अवस्था नरहेको जनाएका छन् । ...

कन्डममा कोकिन राखेर ब्रा भित्र लुकाएर तस्करी, ​भुटान जान लागेकी महिला पक्राउ​​

कन्डममा कोकिन राखेर ब्रा भित्र लुकाएर तस्करी, ​भुटान जान लागेकी महिला पक्राउ​​
काठमाडौं- लागुऔषधका कारोबारीले विभिन्न तरिका अपनाएर तस्करीलाई पूर्णता दिँदै आइरहेका छन् । नेपाल प्रहरीले थाहा पाएसम्म सूक्ष्म निगरानीपश्चात भरियालाई पक्राउ गर्दै आएको छ ।​​ यसैक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक ब्राजिलियन महिला पक्राउ परेकी छिन् । २१ वर्षीया एमिली मिकाइल सान्तोष फेरेइराले ब्राजिलबाट एक किलो ९५० ग्राम कोकिन ल्याएकी थिइन् । कारोबारीले यसअघि भन्दा फरक तरिका अपनाएर फेरेइरालाई कोकिन बोकाएर पठाएका थिए । १० वटा कन्डम भित्र कोकिनलाई तरल पदार्थ बनाएर फ...

भारत हुँदै खाडी लैजान लागेका ४० महिलाको उद्धार, नेपाल ल्याइँदै

भारत हुँदै खाडी लैजान लागेका ४० महिलाको उद्धार, नेपाल ल्याइँदै
काठमाडौं । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको छ ।विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्‍याइएका उनीहरुलाई उद्धार गरिएको हो ।उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ । उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो ।उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।