×

मध्य नेपाल

उत्तराखण्ड बाढीमा १६ जना नेपाली बेपत्ता

उत्तराखण्ड बाढीमा १६ जना नेपाली बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटका १३ जना पनि बेपत्ता भएको खुलेको छ ।कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन् । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकार...

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025  ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
गैँडाकोट-  गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) ले आगामी साउन २५, २६ र २७ गते आयोजना गर्न लागेको “Oxford Mela 2025” र शिक्षासेवी स्व. राम प्रसाद चापागाईं “चञ्चल” को स्मृतिमा घोषणा गरिएको ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य प्रा.डा. ई. हरि भण्डारीले OCEM ले विगत २५ वर्षदेखि गुणस्तरीय, व्यवहारिक र उद्योगमैत्री शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै, “अब हामी ‘Oxford Mela 2025’ मार्फत युवाहरूमा...

चितवनमा करेन्ट लागेर गैंडाको मृत्यु

चितवनमा करेन्ट लागेर गैंडाको मृत्यु
चितवन । चितवनको माडी नगरपालिका–२ भैरवपुरमा खेती जोगाउन भन्दै छाडिएको करेन्ट लागेर दुलर्भ एकसिङे गैंडा मृत अवस्थामा भेटिएको छ ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार किसानले खेतमा करेन्ट छाडेको ठाँउमा गैंडा पुग्दा करेन्ट लागेर मृत्यु भएको हो । गैंडाको बारेमा थप विवरण खुल्न बाँकी छ । चालु आर्थिक वर्षमा मानवीय लापरबाहीका कारणले मृत्यु हुने यो नै पहिलो गैंडा हो ।गत आर्थिक वर्ष २८ वटा गैंडा मृत फेला परेका थिए । तीमध्ये एक गैंडा करेन्ट लागेर मरेको थियो ।

दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं-उच्च अदालत पाटनले मेडिकल व्यवसयी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।सोमबार न्यायाधीशद्वय सुदर्शन देव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध प्रसाईंसहित चार जना उच्च अदालत पाटन पुगेका थिए। चैत १५ गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका ...

सप्तकोशी नदीमा पानीको बहाब उच्च, ५६ मध्ये २३ ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाब उच्च, ५६ मध्ये २३ ढोका खोलियो
इनरुवा- वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब उच्च भएको छ।सोमबार बिहान ९ बजेपछि कोशी ब्यारेजमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ६९ हजार ४४५ क्यूसेक मापन भएको छ।आज बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले बताए।कोशी ब्यारेजमा एक लाख ५० हजार भन्दामाथि पानीको बहाब भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्...

चितवनका ६७ कन्सलटेन्सी ‘गैरकानुनी’- प्रशासनले तीन दिनको अल्टिमेटम (सूचि सहित)

चितवनका ६७ कन्सलटेन्सी ‘गैरकानुनी’- प्रशासनले तीन दिनको अल्टिमेटम (सूचि सहित)
चितवन जिल्लामा सञ्चालित ६७ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण दिने कन्सलटेन्सी जिल्ला प्रशासन कार्यालयमा सूचीकृत नभएको पाइएको छ।प्रशासनले पटक–पटक सूचीकृत हुन आह्वान गर्दा पनि सम्पर्कमा नआएका कन्सलटेन्सीहरू विरुद्ध हालै अनुगमन गर्दा ती संस्था कानुन बमोजिम नचलाइएको पत्ता लागेको हो। जिल्ला प्रशासन कार्यालयले अब ती कन्सलटेन्सीहरूलाई तीन  दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति पत्र र अन्य सम्बन्धित कागजातहर...

प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री

प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान गएकाले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री ओली आइतबार मध्यराति काठमाडौँबाट तुर्कमेनिस्तान प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई दिएका हुन्। नेपालको संविधानबमोजिम प्...

दाङ, अर्घाखाँची, रुपन्देही र नवलपरासीमा धेरै भारी वर्षा

दाङ, अर्घाखाँची, रुपन्देही र नवलपरासीमा धेरै भारी वर्षा
पहेंलो रङ देखिएको धेरै भारी वर्षा भएको क्षेत्र । काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको हो ।यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ । अर्घाखाँचीमा ११४ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यस्तै, समाचार तयार पार्दाम्म दाङको एक स्टेशनमा १०२.४, रुपन्देहीमा १०१.८ र नवलपरासीमा १०२ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । यसलाई मौसम विज्ञानको भाषामा धेरै वर्षा भएको...

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो हुन् ।पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए ।मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्...