मन्त्रीसँग घुस डिलमा मुछिएका लामा र निजामती कर्मचारी गिरी एमालेबाट निलम्बन
पोखरा- नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको भनिएका व्यक्ति सुजन लामा र निजामती कर्मचारी के. गिरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
लामालाई पोखराको १३५ रोपनी लिची बगैँचा हडप्न मन्त्रीसँग सेटिङमा घुस डिल गरेको आरोपमा निलम्बन गरेको हो भने गिरी आर्थिक कारोबारमा दोषी देखिएको आरोपमा निलम्बनमा परेका हुन्।
‘सुजन लामाले लिची बगैँचाको १३५ रोपनी घुस डिल गरेकाले मन्त्री ज्युले राजीनामा दिनुपर्यो, पार्टीका अर्का व्यक्...


